बेलाइतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलाइतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ ।
पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिकास्थित उक्त चोक निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो ।
काठमाडौं नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा (एमाले)बाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि खेल गतिविधि भने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै सीमित छ ।
असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ ।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।
गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।
मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैं मौसमी हिसाबले केही प्रभावित बनेको थियो ।
बाँके जिल्लामा ३० दशमलव १ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र छवटा गाउँपालिका छन् । ती सबै स्थानीय तह गरिबीको सूचीमा परेका हुन् ।
नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो ।
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।