पोखरीया, भदौ १६ गते । पर्साको वीरगन्जमा डेङ्गु र स्क्रब सटाइफका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगन्जको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेङ्गु र स्क्रब सटाइफका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगन्ज बाहिरबाट आएका नागरिकमा बढी जसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिक रूपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब सटाइफका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्षण देखिने गरेको डा. सिहले बताउनुभयो ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जानुहुने भएको छ ।
सडकको बीचबीचमा खाल्डै खाल्डो । कतै कालोपत्र गर्न ग्राइबेल बिछ्याउँदै छ भने कतै पर्खाल भत्किएर सडकनै पहिराले बगाएर जोखिम अवस्था छ । कतै कतै कुलो र कलर्भट पुरिँदा सडकबाटै पानी बगेर ओहोर दोहोर गर्नै जोखिम छ ।
पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताउनुभएको छ । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो ।
सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ ।
जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो ।
समय र परिस्थितिसँगै हाम्रा चाडवाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ ।
गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर प्रमुख आइतमान तामाङले घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।
इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली नै रहेको छ । इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम र इटहरी उपमहानगरकाद्वारा संयुक्त रुपमा ती घर एक करोड २३ लाख रुपियाँको लागतमा तयार पारिएका थिए ।
प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि शुरु हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि तय भएको जानकारी दिनुभयो ।
पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा बुधबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।