संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन् ।
श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।
कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
शुक्रबार साँझ सोमालियाको राजधानीको एक लोकप्रिय रेस्टुरेन्टमा आत्मघाती बम विस्फोटन हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने बताइएको छ । सो अवसरमा महासचिव गुटेरेसलेले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् ।
कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ ।
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् ।
श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रीपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।
क्यानबेरा, वैशाख १ गते । अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य–स्वामित्व भएका उद्यमहरू विरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ ।एक आधिकारिक विज्ञप्ति अनुसार सूचीमा यातायात कम्पनी कामज र शिपिंग कम्पनीहरू सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेशन जस्ता रक्षा सम्बन्धित कम्पनीहरू समावेश छन् ।प्रतिबन्धहरू इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित छ जसले रूसी इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको लगभग ८० प्रतिशत उत्पादन ओगट्दछ । तिनीहरू रूसी रेलवेसँग पनि सम्बन्धित छन् जुन विश्वको सबैभन्दा ठूलो यातायात कम्पनीहरू मध्ये एक हो ।अष्ट्रेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी जारी प्रतिबन्धात्मक कदमले रुसी अर्थतन्त्रलाई बढावा दिने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्य रहेको बताएको छ ।युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहोर्याउँदै, अष्ट्रेलिया सरकारले रुस सरकारका लागि राजस्वका यी महत्त्वपूर्ण स्रोतहरूसँगको कारोबार रोक्न र उनीहरूले रुसमाथि दबाब बढाउँदै गएका छन् । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा ‘विशेष सैन्य अपरेशन’ सुरु गर्यो जसलाई पश्चिमा देशहरूले अप्रत्याशित युद्धको संज्ञा दिएका छन् ।