विसं २०५२ मा प्रकाल गोरखापत्रको उपसम्पादक सातौँ तहमा उत्तीर्ण भएर रिपोर्टिङमा खटिएको थिएँ । नेपाल प्रेस इन्स्टिच्युटको प्रशिक्षणमा अत्युत्तम नतिजा हासिल गरेको मैले सोही संस्थाको ‘चतरा नहर’ बारे फेलोसिप रिपोर्टिङ गरेको थिएँ । नेपाल पोस्ट दैनिक, नयाँ करेन्ट साप्ताहिकमा रिपोर्टिङ, सम्पादन गरिरहेकै थिएँ । यी कारणले पनि मेरो रिपोर्टिङ र लेखन शैलीप्रति प्रमुख समाचारदाता वा अरू वरिष्ठहरू सायदै असन्तुष्ट हुनुहुन्थ्यो । प्रारम्भका प्रमुख समाचारदाता रमेश शर्माको सैद्धान्तिक मार्गदर्शन