सन् २०१९ मा बनेको तेलगु चलचित्रको रिमेक हो चलचित्र ‘जर्सी’ । चलचित्रमा एउटा क्रिकेट खेलाडीको सङ्घर्षलाई देखाइएको छ । खेलमा पनि राजनीति मिसिएको हुन्छ । चलचित्र एउटा मध्यमवर्गीय परिवारको सङ्घर्षको कथा हो ।
कतै पनि समुद्र नजोडिएको भूपरिवेष्टित देश नेपालका नागरिकले कहिलेदेखि समुद्रयात्रा गर्न सुरु गरे ?, समुद्रयात्रा गर्ने पहिलो नेपाली को थिए ?, तत्कालीन समयमा धेरै नेपालीजनका लागि अपरिचित समुद्रयात्राबारे अग्रजका अनुभव कस्ता थिए ?, यस्ता जिज्ञासा जनस्तरदेखि दिग्गज बौद्धिक जगत्सम्म उठ्ने गर्छन् । यिनै प्रश्नको सेरोफेरोमा रहेर इतिहासकार सूर्यविक्रम ज्ञवालीले ‘नेपाली तथा समुद्रयात्रा’ शीर्षकमा लेख लेखे । पुरातìव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा आजभन्दा लगभग ५० वर्षअघि अर्थात् २०२९ सालमा प्रकाशित त्यस लेखमा नेपालीजनको समुद्रयात्राबारे केही रोचक तथ्य अघि सारिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको नौ हजार १७ मेट्रिक टन चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्र श्रीलङ्का यतिखेर चरम आर्थिक सङ्कटमा परेको छ । तीन दशक लामो तामिल विद्रोहको अन्त्यसँगै राजपाक्ष दाजुभाइको शासनबाट मुलुकले निकाससहितको आर्थिक समृद्धि र शान्ति पाउने अपेक्षा गरिएको थियो तर अवस्था ठीकविपरीत भयो । सरकारले राहत र सुरक्षा दिन नसकेपछि हिंसात्मक घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने भन्दै सरकारले देशव्यापी सङ्कटकाल घोषणासमेत गर्नु परेको छ ।
पश्चिमतर्फबाट तातो हावा ‘लु’ चलेको थियो । सोही दिशामा गहुँको नलमा ह्वारह्वार्ती दन्कियो आगो । पूर्वतिरको नजिकै रहेको विपतपुर गाउँवासी चिच्याउन थाले, ‘आगो, आगो ।’ उनीहरू आगो निभाउन खेतति
डेढ दशकअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले कतारमा हुने विश्वकपमै नेपालले खेल्न पाउने आशा राखेका थिए । विश्वकप सुरु हुन अब एक वर्ष पनि छैन र नेपाल विश्वकपबाट अझै पनि कोसौँ टाढा नै छ । विश्वकपको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्षको अन्त्यमा विश्वकप हुँदैछ कतारमा । कतार विश्वकपमा धेरै प्रसङ्गको रेकर्ड बन्ने लगभग निश्चित छ । त्यो रेकर्डबाट नेपाल चुकेको मात्र हो । त्यसो त विश्वकपमा कैयौँ बलिया टिमले समेत पुग्न पाएका हुँदैनन् । अझ चार पटकको विश्वकप विजेता इटाली फेरि पनि चिप्लिएको छ । युरोपियन च्याम्पियन इटालीबिना लगातार दोस्रो पटक विश्वकप आयोजना हुने छ । उत्तरी म्यासेडोनियासँग प्लेअफमा मिलेको पराजयले इटालीलाई छनोट चरणमै सीमित गरिदियो ।
गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता साझेदार पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाल तरुण दलले ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका’ विषयक अन्तरक्रिया तथा बृहत् तरुण भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले विधि र पद्धति स्थापित गर्नकै लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।
नेपाल टेलिकमले छिट्टै इम्बेडेड सीम (ई–सिम) कार्ड उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको हो ।
शान्ता अधिकारीचितवन, वैशाख १५ गते । भरतपुर महानगरपालिका ३ नारायणगढ कमलनगर चोकमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडौं रुपियाँ बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे चार तले घरको भुइँतलामा रहेका रहेका सात वटा पसलसहित पहिलो र दोस्रो तलाका पसलमा समेत ठूलो क्षति पुगेको छ ।बुधबार राति अन्दाजी २ बजे विद्युत् सट भई भएको मानिएको उक्त आगलागी भरतपुर महानगरपालिकाका दुई, नेपाली सेनाको एक र पूर्वी चितवनको एक गरी चार वटा बारुणयन्त्रको कठिन प्रयासपछि बिहीबार बिहान ७ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा लिइएको हो ।आगलागीपछि त्यहाँ पुगेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो प्रसासले केही पसलका केही सामानहरु भने झिक्न सफल भएका छन् ।आगलागीबाट भुइँतलामा रहेका दुई कपडा पसल, दुई वटा जुत्ता पसल, दुई मोबाइल पसल र एउटा फेन्सी पसल पूर्ण रुपमा क्षति भएका छन भने पहिलो तलामा रहेका पसलहरु मात्र होइन भवनको पहिलो दोस्रो तलासम्म क्षति पुगेको छ ।
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो ।
स्थानीय तहको निर्वाचनमा सुर्खेतका विभिन्न स्थानीय तहमा १० जना महिलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये छवटा पालिका प्रमुखमा विभिन्न राजनीतिक दलबाट १० जना महिलाले उम्मेदवारी दिनुभएको हो ।
सहदेव बस्नेतजाजरकोट, वैशाख १५ गते । जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार गरिएको छ । भेरी नगरपालिका– ३ थाप्लेमा रहेको बालवालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ । भेरी नगरपालिका – १ रावतगाउँका ५ वर्षीय सन्तोष बिक र नलगाड नगरपालिकाकी वर्षीया १० की इश्वरी बिकलाई उद्धार गरिएको हो । बालवालिका उद्धार केन्द्रका अध्यक्ष लालबहादुर नेपालीले उद्धार गरिएका बालवालिकालाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने बताउनु भयो । उद्धार बालक सन्तोष बिकको आमा सुस्त मनस्थिति बिरामीका कारण सुर्खेत मानब आश्रममा रहेको र बुवा कमाईको शिलसिलामा भारत भएको तर सम्र्पकमा नभएको कारण समस्यामा रहनु भएको थियो । यस्तै,उद्धार बालिका इश्वरी विक की आमाको मृत्यु भैसकेको र बुवा पनि कमाउन नसक्ने हुदाँ पढाई विचैममा छोड्नु पर्ने बाध्यताका कारण उद्धार गरीएको हो ।कोही पनि अनाथ, बालवालिका शिक्षाबाट बन्चित नहँन भन्ने लक्ष्यले खोलिएको बालवालिका उद्धार केन्द्रमा अहिले अभिभावक गुमाएका अनाथ बालवालिका अथवा असक्त अभिभावक भएका न्युन परिवारका १८ जना बालवालिका रहेका छन् । यी बालवालिकाले कक्षा १२ सम्मको माध्यमिक शिक्षा पाउने संस्थाले जनाएको छ ।
हुम्लाका सातवटा वडामा वडाध्यक्षसहित चार जनाको मात्र मनोनयन दर्ता भएको छ । ती वडामा दलित समुदायको बसोवास नभएकाले पूरै पदमा मनोनयन दर्ता नभएको हो ।मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जिल्लाका दुई गाउँपालिकाका सातवटा वडामा वडाध्यक्षस
काठमाडौं, वैशाख १५ गते । नेकपा (एकीकृत समाजवादी) पार्टी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच आज दिउँसो एकता हुने भएको छ । नेकपा(एमाले) का पूर्व वरिष्ठनेता माधवकुमार नेपाल अध्यक्ष रहनुभएको समाजवादी पार्टीले रायमाझी नेतृत्वको पार्टीसँगै आज नै चुनावी घोषणासभा कार्यक्रमसमेत गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा दिउँसो १ः०० बजे हुने जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवाको विकासतर्फ रहेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य सेवालाई प्राथमिकताका राखेर नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु