नेकपा (एमाले) ले दाङ क्षेत्र २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयनपत्र प्रदान गर्नुभएको महासचिवको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ ।
मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता देवप्रसाद गुरुङ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट उम्मेदवारी दिने हुनुभएको छ ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६२ (अग्नि पुरुष घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक झाँकी ऱ्यालीसहित ल्होसार मनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा – २ बाट उम्मेदार घोषण गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुङ्गो लगाउन थालेका छन् । मङ्गलबार (भोली) उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम रहेको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका –८ मा आगलागी भएको छ । आगलागीबाट ६ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
मुसिकोटका १३६ नागरिकको निःशुल्क आँखा जाँच तथा ३२ जनाको शल्यक्रिया गरिएको छ ।
लुम्बिनी प्रदेश सभाका दुई सांसदले राजीनामा दिनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारीका लागि नेकपा माओवादीको तर्फबाट दाङको क्षेत्र नं २ को २ बाट निर्वाचित धनबहादुर मास्की र नागरिक उन्मुक्ति पार्टीका (नाउपा)बाट बर्दिया क्षेत्र नं २ को २ बाट निर्वाचित धर्मबहादुर चौधरीले राजीनामा दिनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुस्ताङमा पहिलोपटक मागभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीले कणबहादुर भण्डारी(केबी) लाई उम्मेदवार बनाउने भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीको छनोट सुरु भएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएकाहरुको छनोट सोमबार बिहानदेखि सुरु भएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेमा अवस्था रहेको बताउनुभएको छ ।