शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । निर्वाचन आर्थिक रूपले बढी खर्चिलो हुँदै गएका टिप्पणी पनि जनमानसमा भइरहेको छ । निर्वाचन आर्थिक रूपले मितव्ययी नहुँदा सुशासनमै प्रश्न उठ्ने गरेको छ । विगत र वर्तमानका निर्वाचन अभ्यासको सामाजिक, आर्थिक तथा राजनीतिक परिवेशका आधारमा केन्द्रित रहेर पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग गोरखापत्रका लागि नारदमुनि गौतम र चाँदनी हमालले गर्नुभएको कुराकानीको अंश :
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूले मतदाता रिझाउन नयाँ र प्रविधिमैत्री शैली अपनाउन थाल्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
बर्दियामा चार हजार सात सय बालिकालाई एचपिभि खोप लगाइने भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर रोगबाट बचाउनका लागि यही माघ २५ देखि २९ गतेसम्म खोप लगाउन थालिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
नेपाली गीत-संगीतलाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा आयोजना गर्ने भएको छ ।
मकवानपुरको थाहा नगरपालिका–९ महालक्ष्मी खोला किनारामा सोमबार राति पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । मृत अवस्थामा फेला परेको चितुवा ३९ केजी तौलको रहेको ईलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक दिननाथप्रसाद यादवले जानकारी दिनुभयो ।
प्रदेशसभा सचिवालयले आउँदो हिउँदे अधिवेशन सञ्चालन गर्न विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह भाडामा लिएको छ । आगामी ६ महिनाका लागि प्रदेशसभा सचिवालयले सभागृह भाडामा लिएको हो । कोशी प्रदेशसभा सचिवालय र स
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ ।
सिँचाइ सुविधा विस्तार भएपछि यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् ।
सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् ।
पवित्र तीर्थस्थल देवघाटधाममा सोमबार देखि १० दिने ‘शतचण्डी महायज्ञ एवम् देवघाट माघ–महोत्सव’ भक्तिमय वातावरणमा सुरु भएको छ । दुर्गा पञ्चायन मन्दिरको जीर्णोद्धार र आश्रम निर्माण गर्ने उद्देश्यका साथ आयोजित यस महोत्सवको समुद्घाटन देवघाटका विभिन्न प्रसिद्ध आश्रमका पीठाधीश तथा सन्त महन्तहरूले संयुक्त रूपमा गरेका हुन् ।