दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा पिरफिरे मेला यस वर्ष पनि लाग्ने भएको छ । हरेक वर्ष फाल्गुण कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्छ । पिरफिरे मेलाका अवसरमा मण्डप तथा स्वागतद्वार निर्माण, मन्दिरमा रङरोगन र सरसफाइलगायतका काम भइरहेका छन् ।
सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय मार्ग नौ वर्षदेखि अलपत्र परेको छ । भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक मार्गअन्तर्गतको बाग्दुला–भीमगिठे सडक निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले नौ वर्षअघि प्राथमिकता दिएर प्रक्रिया अघि बढाए पनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । निर्माण प्रक्रियाको लागि टेन्डर भए पनि निर्माण कम्पनी कालोसूचीमा परेकाले काम अघि नबढेको हो । सडकको लागत दुई अर्ब ३५ करोड अनुमान गरिएको छ । ४४ किलोमिटर सडकलाई नौ मिटर फराकिलो बनाउने योजना छ । यस सडकले प्युठान नगरपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य शत्रु गरिबी भएकाले यसको न्यूनीकरणका लागि सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। मुख्यमन्त्री शर्माले कर्णालीका विकट भू–भागलाई सडक पहुँच मार्गले जोडेर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमद्वारा बुधबार मुसीकोटमा आयोजित पत्रकार सम्मेलनमा कर्णालीलाई बेरोजगारमुक्त प्रदेश बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँमा स्थानीयको हातमा पच्चीस वर्षदेखि लालपुर्जा पर्न सकेको छैन । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा नपरेको पाइएको हो ।
रारातालमा हरेक वर्ष आउने साइबेरियन चरा पछिल्लो समय घट्दै गएको छ। जलवायु परिवर्तनका कारणले रारातालमा साइबेरियन चरा आउन छाडेको जानकारहरू बताउँछन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय रारा हुटुका अनुसार पानीमा खेल्ने ४९ प्रजातिका साइबेरियन अन्डिया जातका चरा हिउँदको समयमा बसाइँसराइ गर्थे।
सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको मुगु जिल्ला लामो समयपछि सञ्जालमा जोडिने भएको छ। कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण भएपछि यी दुई जिल्ला सडक सञ्जालमा जोडिने भएको हो। खप्तड रारा पर्यटन कोरिडोर सडकअन्तर्गत बाजुराको हिमाली गाउँपालिका बोल्डी र मुगुको खत्याड गाउँपालिकाको सुकाढिक कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको छ । गत वर्ष २०७८ साल चैतमा बेलिब्रिजको काम सुरु भएर केही दिनमै निर्माण पूरा हुँदैछ। बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएका छन्।
नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
धनगढी उपमहानगरपालिका–३ स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा चमेराको ठूलो झुन्ड आठ वर्षदेखि बस्दै आएको छ। कार्यालय परिसरमा रहेको ल्याप्टिस, आँपलगायतका पाँच/छवटा रुखमा दिनभरि झुन्डिएर चमेरा बस्दै आएका छन्।
ग्याँस सिलिन्डर विस्फोट भई घाइते हुनुभएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । एयर कार्गोबाट उहाँलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।
बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारमा पहिलो पटक बिजुली बलेपछि स्थानीयले जनप्रतिनिधि र विद्युत् प्राधिकरणका कर्मचारीलाई अबिरमाला लगाएर गाउँमा स्वागत गरिएको छ। गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि टुकी बाल्ने दिनको अन्त्य भएको स्थानीय देवदत्त अवस्थीले बताउनुभयो। बिजुली बलेपछि गाउँमा खुसियाली छाएको उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय तनहुँको तीनवटा सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाहमा सहजता भएको छ। पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अब सुविधासम्पन्न नयाँ भवनबाट प्रहरीको कामकारबाही सञ्चालन हुने जनाइएको छ।
स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन गरिएको छ। सङ्घीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको उपचारका लागि बहिरङ्ग कक्ष तथा वार्ड सञ्चालनमा ल्याएको हो।
१० दिनअगाडि मुस्ताङको थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आगो लागेपछि नियन्त्रण लिन हम्मेहम्मे प-यो। आगो निभाउने दमकल जान सक्ने मार्ग नहुँदा आगो नियन्त्रण लिन समस्या भएको भनाइ अग्नि नियन्त्रकहरूको छ।
मधेश प्रदेश सभाको बुधबार पहिलो अधिवेशनको छैटौँ बैठकले विभिन्न विषयगत संसदीय समिति गठन गरेको छ। दलीय सहमतिको आधारमा समिति गठन गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सभालाई जानकारी गराउनुभयो। प्रदेश सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता समयावधिको निर्धारणलगायत बैठक सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह-याइएको अन्य विषयमा परामर्शका लागि कार्य व्यवस्थापन परामर्श समिति गठन गरिएको छ।
धनुषाको बटेश्वर गाउँपालिका–४, पुजारी टोलमा बसोबास गर्ने विपन्नको घरमा निःशुल्क विद्युत् मिटर जडान गरिएको छ। एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा बटेश्वरमा सञ्चालित नवदुर्गा महिला कृषि सहकारी संस्था लिमिटेडले पुजारी टोलका विपन्नको घरमा निःशुल्क विद्युत् मिटर जडान गरेको हो।