अप्पर रिचेत हाइड्रोपावर प्रालिले दुई मेगावाट विद्युत् उत्पादन क्षमता भएको आयोजनाका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।
नेपालको डिजिटल रूपान्तरण परियोजनाका लागि विश्व बैङ्कले सात अर्ब २५ करोड रुपियाँ (पाँच करोड डलर) ऋण स्वीकृत गरेको छ । बैङ्कको कार्यकारी निर्देशकको बोर्ड बैठकले यस्तो स्वीकृति दिएको हो ।
लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने भएको छ । लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्ताव पनि अघि बढाउने तयारी गरेको र त्यसका लागि बोर्डले स्विस च्यालेन्ज विधिबाट प्रस्ताव मूल्याङ्कन कार्यविधिको मसौदा तयार पारेको जानकारी दिनुभयो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो । विष्टले पदीय मर्यादाविपरीत भ्रष्टाचार गरी एक करोड ९७ लाख रुपियाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ ।
काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापको सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकको मोडबाट दुर्घटना भएको हो ।
आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) ले भौतिक उपस्थितिबिनै सेवा दिन सुरु गरेको छ । कतिपय सरकारी कार्यालयले प्रदान गर्ने सेवा झन्झटिलो र प्रक्रियामुखी भइरहेको बेला किताबखानाले आफ्ना सबै सेवा बिनाभौतिक उपस्थिति नै सहज बनाउन थालेको हो ।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ केवल औपचारिक प्राज्ञिक कार्यक्रम मात्र नभइ आदिवासी ज्ञान, विज्ञान, दर्शन, अनुभव र अभ्यासको जीवित संगम बन्न पुगेको अनुभूति भएको बताउनुभएको छ ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ माछमीमा अवस्थित तरकारीको बीउ उत्पादन गरिने खेतबारी ।
पोखराको महेन्द्रपुलमा रहेको एक बेकरीको केक खाँदा २५ जना बिरामी परेका छन्। माघ २४ गते जन्मदिन मनाउन किनेको केक खाएपछि उनीहरु बिरामी परेका हुन्।
मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा मुस्ताङवासी र सरोकारवालाहरूले जोड दिएका छन् ।
खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लबले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा मङ्गलबार जित हात पारेका छन् ।
नेपाल र भारतबीच खुला सीमाका कारण बढ्दै गएको लागुऔषध, हातहतियार, नक्कली मुद्रा तस्करी, अवैध व्यापार, सीमापार आतङ्कवाद र गलत सूचनाजस्ता चुनौतीलाई सम्बोधन गर्न दुई देशबीच सुदृढ सुरक्षा सहकार्य र सूचना आदानप्रदान आवश्यक रहेको जानकारहरूले बताएका छन्।