कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरका एक सय २४ भूमिहीन बादी परिवारले घरबासका लागि धनीपुर्जा प्राप्त गरेका छन्। मङ्गलबार नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच धनीपुर्जा वितरण गर्नुभएको हो। मन्त्री श्रेष्ठले २०२१ सालमा भूमिसुधार योजना लागू भएका बेला नाप्न छुटेका गाउँ ब्लकका जग्गादेखि यसअघिका आयोगले लालपुर्जा दिएका तर जग्गा नपाएकासम्मलाई यस पटकको अधिकारसम्पन्न आयोगबाट जग्गा नापी गरेर आउँदो एक वर्षमा पाँच लाख र दोस्रो वर्ष देशभरका सबै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएर नेपालबाटै भूमिहीनको समस्या समाधान गरिने बताउनुभयो।
बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन सकेको छैन। सो कारागार तीन वर्षअघि नै निर्माण सम्पन्न भएको हो। कारागार सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा आउन नसकेको कारागार कार्यालय बाँकेले जनाएको छ। गनापुरमा करिब ३७ कोठे खुला कारागार भवन तयार भएको छ। सो कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार दुई तिहाइ कैद भुक्तान गरेकालाई राख्नका लागि देशकै पहिलो खुला कारागार निर्माण गरिएको हो। कारागार सञ्चालनका लागि कारागार विभागले कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको छ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति महोत्तरीले बर्दिबास नगरपालिकामा रहेको ४३ जना भूमिहीनलाई यसै महिनामा जग्गा प्रदान गर्ने जनाएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै बर्दिबास–४ को ४३ भूमिहीन सुकुम्बासीलाई यहीँ मसान्तमा जग्गा दिने कार्य अगाडि बढेको बताउनुभयो। “जग्गाधनी प्रमाण पुर्जालगायतका सम्पूर्ण कामको प्रक्रिया अन्तिम चरणमा रहेको छ, कुनै भवितव्य नभए हामी यसै मसान्तमा ती भूमिहीनलाई जग्गा प्रदान गर्ने छौँ,” उहाँले भन्नुभयो। बर्दिबास नगरपालिकाको गौरी डाँडा र बजार क्षेत्रलाई अहिले लक्ष्यमा राखेर काम भइरहेको छ।
विद्युत् खपत विस्तार र एलपी ग्यास विस्थापनका लागि इन्डक्सन चुलो प्रवद्र्धनको गतिविधि सञ्चालन गर्न चुनौती देखिएको छ । सरकारले चालू आर्थिक वर्षका बजेट वक्तव्यमार्पmत स्थानीय निकायसँगको साझेदारीमा प्रत्येक घरमा विद्युतीय चुलो पु-याउने घोषणा गरेको छ । तर, अनुदानमार्पmत यस्तै चुलो उपलब्ध गराउँदै आएको सरकारी निकाय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुभवमा यस्ता वितरणमुखी कार्यक्रम कार्यान्वयन र प्रभावकारीमा चुनौती देखिएको छ ।
सङ्घीय सरकारले विराटनगर महानगरपालिकाको प्रशासनिक भवन बनाउन गत आर्थिक वर्ष २०७८/७९ मा १० करोड ३८ लाख रुपियाँ बजेट विनियोजन ग-यो। प्रशासनिक भवन निर्माणका लागि महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदनका आधारमा भवन निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्था गरेपछि महानगरले पनि म्युचुअलफन्डको रूपमा बजेट छुट्यायो तर समयमा भवन निर्माणको प्रक्रिया अगाडि नबढ्दा सङ्घीय सरकारले दिएको बजेट असार मसान्तमा फ्रिज भयो। अहिले भवन निर्माणको सम्पूर्ण दायित्व महानगरको काँधमा सरेको छ।
रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ । यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ । कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई ढाँट्ने गरेको गुनासो आउने गरेको छ । अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको हो ।
कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारी चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा विदेशिनेको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । सो तथ्याङ्कमा पुनः लिएको स्वीकृतिको तथ्याङ्क समावेश छैन । विभागका अनुसार गत वर्षको साउन महिनामा २५ हजार ४२८ ले श्रम स्वीकृति लिएका थिए भने यो वर्ष ६१ हजार ६३० जनाले लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३५ हजार २०५ जना बढी छन् ।
सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नहुँदा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो रहेको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पछिल्लो एक वर्षमा नसर्ने रोगमध्ये जिल्लामा पहिलो सूचीमा परेको उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ।
विश्वमा नेपालका केही वस्तुले प्रसिद्धि पाएको पाइन्छ। त्यसरी प्रसिद्धि पाएका वस्तुमध्ये चिया एक प्रमुख वस्तु हो। नेपाली चियाकै विशेषताका कारण विदेशीहरूका निम्ति नेपाली चिया राम्रो कोसेलीसमेत बन्ने गरेको छ। अझ केही युरोपेली विश्वविद्यालयले दीक्षान्त समारोहमा दिने उपहारका पोकामा ‘नेपालमा उत्पादित सर्वोत्तम अर्गानिक चिया’ लेबलसहित राखिनु वास्तवमै नेपालीका लागि गौरवकै विषय हो। नेपाली चियाप्रतिको यो आकर्षण यसको विशिष्ट गुणकै कारण सम्भव भएकोमा दुई मत छैन। यसो हुँदाहुँदै पनि नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरण समस्यामुक्त छैन।
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूका लागि निर्वाचन हुँदैछ। यो निर्वाचनपछि गठन हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा राजनीतिक दलहरूको उपस्थितिले मुलुकमा राजनीतिक स्थिरता वा कस्तो परिस्थिति निर्माण हुने हो त्यसको चित्र कोर्ने छ। नेपालमा अवलम्बन गरिएको मिश्रित निर्वाचन प्रणालीले राजनीतिलाई समावेशी बनाउने, सीमान्तीकृत समुदायको सहभागिता बढ्ने र राज्य संरचना तथा राज्यको नीति निर्माण तहमा भुँइ तहको सहभागितामार्पmत ती सीमान्तीकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने तरिका खोजिएको सन्दर्भ स्वाभाविक थियो तर मिश्रित निर्वाचन प्रणालीलाई एक आवधिक निर्वाचनमा नै विकृति तुल्याइएको छ। समानुपातिक निर्वाचन प्रणालीलाई राजनीतिक दलका नेताहरूले आफ्नो व्यक्तिगत शक्ति आर्जन गर्ने माध्यम बनाउँदा राजनीतिक विकृतिको बिउ रोपिएको छ। आगामी निर्वाचनमा यस्ता विकृतिहरू रोक्ने र प्रतिनिधि सभा तथा प्रदेश सभालाई समावेशी बनाउनका लागि योजनाबद्ध कामको थालनीले मात्रै मुलुकको मिश्रित निर्वाचन प्रणालीलाई स्थापित गर्नेछ।
प्राचीनकालदेखि नेपाल राष्ट्रको निर्माणमा हाम्रा धेरै पूर्वजले आफ्नो जीवन व्यतीत गरेका छन्। यस्तै व्यक्तिमा मानवतावादी जयपृथ्वीबहादुर सिंहको नाम उच्च स्थानमा रहेको छ। वि.सं. १९३४ मा श्री ३ जङ्गबहादुरकी जेठी छोरी रुद्रकुमारीबाट जन्मेका थिए जयृथ्वीबहादुर। उनको वैवाहिक सम्बन्ध वि.सं. १९५१ मा राणा परिवारका जल्दाबल्दा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरकी छोरी खगदिव्येश्वरीसँग भएको हुनाले उनको राजकीय रवाफ उच्च हुँदै गयो। बझाङबाट वि.सं. १९४२ मा काठमाडाँै छिरेका जयपृथ्वीबहादुरले श्री ३ जङ्गबहादुर कुँवर राणाजीले बेलायतबाट फर्केपछि थापाथली दरबारको दलान पाठशालामा स्थापित अङ्ग्रेजी पाठशालामा पढ्दै १९५१ दरबार स्कुलमा पढी कलकत्ता बोर्डबाट म्याट्रिक पास गरे र इलाहावाद कलेजमा आइएसम्म पढे। उनको बाल्यकालबाटै राम्रो पढाइका कारण उनी सबै गुरुहरूका प्रिय छात्र हुन सके। थापाथली दरबारमा बस्ने हुनाले, जङ्गबहादुरले बेलायतबाट झिकाएका अङ्ग्रेजी अखबारहरू उनले पढ्दा पढ्दै उनमा समाजशास्त्र, इतिहास, विज्ञान, कानुन, राजनीति र कूटनीतिको ज्ञान घुस्न गयो भने अर्कातिर नेपाल दरबारमा संस्कृतका प्रकाण्ड पण्डितहरूको सङ्गतका कारण उनमा आर्य सनातनी हिन्दु वेद, उपनिषद् र पुराणहरूको दार्शनिक ज्ञान पनि प्रविष्ट हुन गयो।
स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क वितरण गरिने प्याड कमसल र गुणस्तरहिन वितरण गरेको पाइएको छ । नेपाल सरकारले स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रदान गर्ने प्याड गुणस्तरहिन भएको छात्राहरुले गुनासो गरेका छन् ।
१. विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्किपक्सको भेरियन्टहरूको नामकरण के गरेको छ ? कङ्गो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ‘ए’ र क्लेड टु ‘बी’ – ठाउँका आधारमा यसको भेरियन्ट फरकफरक भएको र नाम पनि त्यहीअनुसार राखिएको। – मङ्किपक्स नामकरण यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मा गरिएको थियो। अहिले त्यसको परिवर्तित स्वरूप पैmलिँदै गएको। – पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्किपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको।
सल्यान खलंगा कालिमाटी हुदै कोहलपुर वाँके जोडने सडक खण्ड कालोपत्रे गरिने भएको छ । शारदा नगरपालिका ८ मार्के हुदै कालिमाटी गाउँपालिका सिमा जर्खु सम्मको १० किलो मिटर सडक स्तोरोन्ती गर्नुका साथै कालो पत्रे गरिन लागिएको हो ।
राजस्व परिचालनसम्बन्धी नीति १. नागरिकता भनेको के हो ? नेपालको संविधानअनुसार कस्ता व्यक्ति नेपाली नागरिक हुन सक्छन् ? उल्लेख गर्नुहोस्। राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी नागरिकका अधिकारको संरक्षण गर्ने दस्तावेज नागरिकता हो। नागरिक व्यक्तिगत पहिचान हो भने नागरिकता राज्य र नागरिकबीचको सम्बन्धजनित अवस्था हो । यस्तो सम्बन्ध स्थापना हुने अवस्था, आधार र विधि संविधान र अन्य कानुनले निर्धारण गरेका हुन्छन् । नेपालको संविधानको धारा ११ ले नेपालको नागरिक ठहर्ने आधार र अवस्था उल्लेख गरेको छ। यस धाराअनुसार नेपा