दमक ३ का मान बहादुर कुरुम्बाङको एउटा गाई, मनमाया राईले पालेको गोरु लगायतका पशुचौपायाहरुको मृत्यु भएको हो ।
कञ्चनपुर–कमला ८६.८३ किलोमिटर चारलेन सडक निर्माणकार्यअन्तर्गत सप्तरीको कुशहादेखि कमलासम्मको पश्चमी खण्डसडक निर्माणकार्य धमाधम भइरहेको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणमा गम्भीर नबने मधेश सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरमा चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले चुरे मधेशको जीवन पद्धतिसँग जोडिएकाले यसको संरक्षणका लागि थप प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–५ र ७ को सिमाना मझकोटमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको हो ।
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय र चाँदी तोलामा १५ रुपियाँले घटेको छ ।
गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहीन अवस्थामा यसै थन्किएर बसेका छन् । लामो समयदेखि गाडी प्रयोगविहीन भएर रहँदासमेत त्यसको व्यवस्थापनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।
नौ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको मृत्यु भएको छ । बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा शनिबार राति ८ बजे भट्टराईको मृत्यु भएको हो ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सदस्यता नवीकरण सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
मदाने गाउँपालिका–२ बाँझकटेरी होल्बाङकी ५१ वर्षीय हुमकला थापा होमस्टे सञ्चालक हो । थापाकोमा सिस्नोको लिटो, मकै र कोदोको ढिडोको परिकार लगभग दैनिक पाक्छ । फर्सी र मुला भैसीले खान्छन् । रुखमा टिमुर पाकेर टिप्ने फुर्सद छैन् । धेरैले गाउँमा एउटै परिकार खान्छन् ।
अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् ।
बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताइएको हो ।
रोल्पाको निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने भएको छ । संघ र प्रदेश सरकारको सहलगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्रेका लागि त्रिवेणी ब्राह्ममायाणी कन्स्ट्रक्सन प्रालि काठमाडौंले भ्याटसहित ४२ करोड ८१ लाख ४१ हजार तीन सय १९ रुपियाँमा निर्माणको जिम्मा लिएको छ ।
लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।