मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनसुन पूर्व तयारी थालिएको छ ।
लमजुङको बेसीशहर नगरपालिका ६ मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्न गएका एक युवा बेपत्ता हुनुभएको छ। हराइरहेका व्यक्ति सप्तरीको सम्भुनाथ –१२ अर्नाहाका २४ वर्षीय नन्दकिशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
केन्द्रीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा स्याङजाको पुतलीबजार र वालिङ नगरपालिकामा बाँदरको सङ्ख्या गणना गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा प्रविधिलाई समेत समेट्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै सचिव कार्कीले यस्तो बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं नेतृत्वको पत्रकारसँग छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ ।
रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिकामा ५१ प्रतिशत भन्दा बढी धाराको पानी पिउन अयोग्य रहेको पाइएको छ । गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, तथा विभिन्न संस्थाहरूले पानी खाइरहेका १५९ वटा मुहान तथा धाराको पानीको स्वच्छता जाँच गर्दा यस्तो पाइएको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो २ः२४ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले योजना मागको फाइल बोकेर मन्त्रालय–मन्त्रालय पुग्नुभएको छ । आफ्नो गाउँपालिकाको समस्या र आवश्यकतामा केन्द्रित योजना माग गर्दै उपाध्यक्ष साम्रा कोशी प्रदेशका विभिन्न मन्त्रालय पुग्नुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको बताउनुभएको छ ।
गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै पाँचौँ जित दर्ता गरेको छ ।
१५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप नेपालमा हुने भएको छ ।