कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।
मोरङको कटहरी गाउँपालिकामा दुई अर्ब रुपियाँको लगानीमा सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाज अन्तर्गतको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन
गुल्मीमा मदन भण्डारी राजमार्गको पहिलो खण्डअन्तर्गत आठ किलोमिटर सडक कालोपत्रे भएको छ । रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो ।
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।
जाजरकोटको पशु अस्पताल तथा पशु सेवा कार्यालयको भौतिक संरचना छ वर्षदेखि सशस्त्र प्रहरीको प्रयोगमा छ । आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि सशस्त्र प्रहरीको काँडेतारभित्रै तीनकोठे कच्ची घरमा पशु सेवा कार्यालय खुम्चिएर बस्नु परेको छ ।
तनहुँका सबै पालिकाले बुधबार आज सार्वजानिक बिदा दिएको छ । दस वटै पालिकाले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा आज सार्वजानिक बिदा दिएको हो ।
बाँकेको हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्यूटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो ।
नवलपरासीपश्चिमको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ स्वीकृत गरेको छ ।
बागलुङका स्थानीय तहको बजेट १८ करोड रुपियाँले घटेको छ । बागलुङका १० स्थानीय तहका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १८ करोड ११ लाख रुपियाँ घटाएर बजेट विनियोजन गरेको छ ।