हेलिकोप्टरबाट उद्धार गरिएका सात बर्षीय बालकको पनि मृत्यु

musroom

हेटौँडा समाचारदाता
हेटौँडा, असार २६ गते । बिशाक्त च्याउ खाएर बिरामी परेपछि मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङस्थित बिकट गाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचार गरिएका अर्का बालकको पनि बिहिबार साँझ मृत्यु भएको छ ।
च्याउ खाएका १३ दिनपछि ७ बर्षीय सोमसिं चेपाङको पनि मृत्यु भएको हो । बिशाक्त च्याउ खाँदा एकै घरका ४ जना बिरामी परेकामा सोमसिं सहित अन्य ३ जनाको ज्यान गइसकेको छ ।
बिशाक्त च्याउ सेवनपछि १३ बर्षीया बुन्जीमायाँको घरमै मृत्यु भएको थियो । उनका दाजु १९ बर्षीय बर्दलाल, भाई ७ बर्षीय सोमसिं र बुवा ४८ बर्षीय दिपबहादुरलाई बिरामी अबस्थामा गाउँबाटै हेलिकप्टरमार्फत उद्धार गरी चितवनको भरतपुरस्थित अस्पतालहरुमा उपचारका लागि ल्याइएको थियो । उपचारमा ल्याइएकामध्ये १९ बर्षीय बर्दलालको पनि केहीदिन अघि मृत्यु भएको थियो ।
‘हामीले भ्याएसम्मका उपचार ग¥यौँ’, हेलिकप्टरमार्फत उद्धार गरी उपचार गर्नका लागि सहयोग गरेको गैरसरकारी संस्था लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले भन्नुभयो–‘उपचाररत तीनजनामध्ये दुईजनालाई बचाउन सकिएन ।’ चितवन मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गरिएपनि सोमसिंलाई बचाउन नसकिएको उहाँले बताउनुभयो ।
बिरामीमध्ये घरमुली दिपबहादुरको स्वास्थ्य अबस्था भने उल्लेख्य सुधार भएको छ । केहीदिनमा उहाँलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । उहाँको उपचार चितवनस्थित सरकारी अस्पतालमा गरिएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds