अफगानिस्तानमा २७ तालिवान लडाकू मारिए    

 जलालाबाद, अफगानिस्तान, चैत ३० गते । अफगानिस्तानको नान्गारहार प्रान्तमा पर्ने शिर्जाड जिल्लामा कम्तीमा २७ तालिवान लडाकूको मृत्यु भएको छ ।    
    
 उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।    
    
 वक्तव्यका अनुसार लडाकूले शुक्रबार राति शिर्जाडमा आक्रमण गरेर कब्जा गरेको घोषणा गरेका थिए ।    
    
 घटनामा परी अरु दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन् । उनीहरुले सुरक्षाकर्मीतर्फ पनि दुई जना मारिएको र आठ जना घाइते भएको जनाएका छन् ।  (रासस-सिन्ह्वा)   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds