• १४ वैशाख २०८१, शुक्रबार

एमालेमा रहने वामदेव गौतमको इच्छा

blog

राष्ट्रिय सभाका सदस्य वामदेव गौतम । फाइल तस्बिर

काठमाडौं, असार ३ गते। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गर्नुभएको छ।  

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज  भएको  भेटमा सांसद गौतमले  आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष केपी ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो। 

भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिनुभयो। 

एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रिय सभाका सदस्य गौतम पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो।  रासस