• १४ वैशाख २०८१, शुक्रबार

तुलसीपुर दुर्घटना अपडेट

जिप दुर्घटनामा एकको मृत्यु, आठ घाइते

blog

गोकर्ण पौडेल

तुलसीपुर, असार १ गते । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर -३ को शिरखोलामा जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप दुर्घटना भएको हो । 

जिपमा जम्मा ९ जना सवार रहेकोमा चालक विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य आठ जना घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रिफर गरिएको र चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

घाइते हुनेमा चार महिला र चार पुरुष रहेको र त्यसमा एक नाबालक र एक नाबालिका समेत रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।