• १४ वैशाख २०८१, शुक्रबार

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

blog

नेपाल कला परिषदमा भएको राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : अध्यक्ष ओलीको निजी सचिवालय

काठमाडौं, जेठ २८ गते। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्‍मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आज अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। 

“हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडबाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो। यी सबै कुरा हाम्रा सम्पदा हुन्”, उहाँले भन्नुभयो, “कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ। त्यति शिक्षा पनि लिन सक्दछौँ।” अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रदर्शनीले अरूलाई पनि इतिहास बुझ्न सजिलो हुने बताउनुभयो। 

उहाँले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राख्नुभयो। प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि सुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषद्‍मा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो। 

प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्‍मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ। रासस