• १४ वैशाख २०८१, शुक्रबार

एमाले सचिव रायमाझीको घरमा प्रहरीको छापा

blog

नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र घरको घर ।

काठमाडौं, वैशाख २६ गते। नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले नेता रायमाझीको घरमा छापा मारेको हो।

ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ।प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो ।     

 जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उहाँको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।       

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो घटनामा यसअघि उहाँका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसक्नु भएको छ।