• १५ वैशाख २०८१, शनिबार

गौतम र महतारा विजयी

blog

काठमाडौँ, वैशाख १२ गते । यस वर्षको सातौँ राइजिङ्ग स्टार कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा जुनियरतर्फ इपीएस स्कुलकी कृपा गौतम र सिनियरतर्फ नेसनल एकेडेमीका सोनु महतारा विजयी बन्नुभएको छ ।

क्रिएटिभ वल्र्ड नेपालको आयोजनामा भएको कार्यक्रममा  विजेताद्वयले ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ पनि हात पार्नुभयो । यसैगरी जुनियरतर्फ प्रथम उपविजेता पवन प्रकृति हाइस्कुलकी आकृति खापुङ र सिनियरतर्फ ग्रामर पब्लिक स्कुलकी सृजा शाह हुनुभएको छ । जुनियरतर्फ इडनब्रिज एकेडेमीकी आलियाना अली र सिनियरतर्फ केएम्सी स्कुलकी एरिका अधिकारी द्वितीय विजेता बन्न सफल हुनुभएको छ ।

प्याब्सन काठमाडौँको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा काठमाडौँमा अध्ययनरत कक्षा दुईदेखि नौसम्मका ८७ जना विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । विगत नौ वर्षदेखि कार्यक्रम गरिँदै आएको कार्यक्रमका कार्यकारी व्यवस्थापक तथा सङ्गीतकार शान्तिराम राईले जानकारी दिनुभयो ।