• १५ वैशाख २०८१, शनिबार

फिल्म 'जारी'को पहिलो गीत 'चरी बस्यो' सार्वजनिक

blog

काठमाडौं, चैत १२ गते । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशनमा बनेको फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत तथा स्वर छ ।

भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई देख्न सकिन्छ । वैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रिलिज भएको फिल्मलाई कबड्डी फेम्ड निर्माता रामबाबु गुरुङले निर्माण गर्नुभएको हो । 

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा आधारित जारी प्रथाको कथावस्तुमा बनेको फिल्मको शीर्ष भूमिकामा दयाहाङ र मिरुना हुनुहुन्छ ।

फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय छ । उपेन्द्रको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ ।