• १५ वैशाख २०८१, शनिबार

अन्जनी आईबीए बक्सिङको क्वार्टरफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै अन्जली तेली । तस्बिर : राखेप

काठमार्डौं, चैत ६ गते । नेपालकी अन्जनी तेलीले भारतको नयाँ दिल्लीमा जारी आईबीए महिला बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाउनुभएको छ ।

महिला ५२ केजी तौल समूहमा अन्जनीले हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अङ्कले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको हो । नेपाल अब विश्व च्याम्पियनसिप पदकको लागि एक जित मात्र टाढा छ ।

खेलको पहिलो राउन्ड ५ जना जजले अन्जनीलाई जिताएका थिए । अब अन्जलीले मार्च २२ तारिखमा बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग प्रतिस्पर्धा गर्नुहुनेछ । सामेबार नै भएको खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गर्नुभएको हो । 

यसअघि नेपालको लागि पदकको आस गरेका सुष्मा तामाङ ४८ केजी तौल समूहमा बल्गेरियाका खेलाडीसँग ४–३ ले पराजित हुनुभयो । ६० केजीमा सङ्गीता सुनार अष्ट्रेलियाका खेलाडीसँग ४–१ अङ्कको आधारमा पराजित हुनुभयो । 

यस्तै ७० केजीमा नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–०,  ५४ केजीमा मिनु गुरुङ थाइल्याण्डकी खेलाडीसँग, ५७ केजीमा चन्द्रकला थापा भेनेजुएलाका खेलाडीसँग र ५० केजीमा अस्मीत दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अङ्कको आधारमा पराजित हुनुभयो ।