• १५ वैशाख २०८१, शनिबार

आजको मौसम : हल्का वर्षाको सम्भावना

blog

काठमाडौँ, फागुन   २६ गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

यसैगरी राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  हुनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । रासस