• १५ वैशाख २०८१, शनिबार

रियल म्याड्रिडको सानदार जित

blog

गोल गरेपछि रियलका करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, फागुन ४ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोलले हरायो ।

जितसँगै रियलले शीर्षटोली बार्सिलोनासँगको दूरी आठ अङ्कले छोट्याएको छ । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमाले दुई गोल गर्नुभयो । मार्को असेन्सियो र लुका मोड्रिचले एक एक गोल गर्नुभयो ।

रियलले आठौं मिनेटमा असेन्सियोको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो ।

बेन्जेमाले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै रियलको अग्रता थप बलियो बनाउनुभयो । रोड्रिगोलाई डिएगो गोन्जालेजले फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । त्यसपछि मोड्रिचले ८०औं गोल गर्दै रियललाई फराकिलो जित दिलाउनुभयो ।

जितसँगै दोस्रो स्थानमा रहेको रियलले २१ खेलबाट ४८ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५६ अङ्क छ । पराजित इल्चे नौ अङ्कसहित अन्तिममा छ । एजेन्सी