• १४ वैशाख २०८१, शुक्रबार

कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

blog

नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन ४ गते । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यसरी शपथ ग्रहण गर्नु हुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली रहनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले उहाँहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।