• २९ वैशाख २०८१, शनिबार

नेपाललाई नामिबियाको दुई सय ८६ रनको लक्ष्य

blog

नामिबियाविरुद्ध बलिङका क्रममा नेपालका सन्दीप लामिछाने । तस्बिर : क्यान

काठमाडौं, फागन २ गते । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई नामिबियाले जितका लागि दुई सय ८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८५ रन बनायो । 

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले शतकीय पारी खेल्नुभयो । उहाँले एक सय ३३ रन बनाउनुभयो । कप्तान गेर्हार्ड इरास्मसलाई ५६, जेन ग्रिनले ३४, कार्ल ब्रिकेनस्टकले १३, जान फ्रिलिंकले १३  रुवेल ट्रुम्पेलम्यानले ११ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिनुभयो । सन्दीप लामिछानेले तीन तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।

नामिबियासँगको यस खेलमा पूर्व कप्तान सन्दीपले पाँच महिलापछि टोलीमा पुनरागमन गर्नुभएको हो । एक नाबालिकालाई बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो ।

तर, सन्दीपको मुद्दाको किनारा अझै लागिसकेको छैन । क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै सिरिजका लागि टिममा राखेको हो । लामो समयपछि मैदानमा फर्किए पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

आफ्नो पहिलो ओेभरमै नामिबियाको विकेट झारेपछि सन्दीप मैदानमै भाबुक बन्नुभएको थियो । उहाँलाई टोलीका सदस्यले सान्त्वना दिँदै थप विकेटका लागि हौसला बढाएका थिए ।