• १४ वैशाख २०८१, शुक्रबार

टर्की–सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या उन्नाइस सय नाघ्यो

blog

बेरुत, माघ २३ गते । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ । अलजजीराले प्रकाशन गरेको पछिल्लो विवरणमा मर्नेको सङ्ख्या टर्की र सिरियामा गरी एक हजार नौ सय नाघेको छ ।

यो पनि पढ्नुहोस

यो समाचार तयार गर्दासम्म एक हजार नौ सय चारजनाको मृत्यु भएको छ । टर्कीमा मृत्यु हुनेको संख्या एक हजार १२१ पुगेको जानकारी त्यहाँको विपद् र आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ । 

भूकम्पले कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी  छ ।

उता सिरियामा ७८३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । बीबीसी–अलजजीरा