• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

blog

प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ९ गते । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हाे ।

आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि डा. श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ ।