• १ जेठ २०८१, मङ्गलबार

एलिना चौहानको ‘एक झल्को’ सार्वजनिक

blog

काठमाडौं, पुस २३ गते । गायिका एलिना चौहानको ‘एक झल्को’ गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार सुरज अधिकारी प्यारेको रहेको गीतमा नवीन कार्कीको सङ्गीत, विशाल निरौलाको एरेन्ज छ । 

विक्रम चौहानले निर्देशन गर्नुभएको भिडियोको छायाङ्कन जनक वलीले गर्नुभएको हो भने सम्पादन लक्ष्मण चौहानको छ । सुरजले यसअघि 'ए माया जुनकिरी' बोलको गीतको भिडियो निर्माण गर्नुभएको हो ।