• १४ वैशाख २०८१, शुक्रबार

समयमै विकास निर्माणका काम सम्पन्न गर्न सांसद माझीको आग्रह

blog

गाेरखापत्र अनलाइन

लमजुङ,  पुस १८ गते । प्रतिनिधिसभा सदस्य उर्मिला माझी (पौडेल)ले विकास निर्माणका काम समयमा सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिन सक्रिय पहल गर्नुभएकाे छ।

निर्वाचनमा विजय घाेषित भएपछि जिल्ला आउनुभएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पूर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू तोकिएको समयमा नसक्दा जनताले असुविधा भोग्न बाध्य हुनुका साथै जिल्लाको परिचय पनि बिग्रने बताउनुभयाे । 

सो अवसरमा उहाँले लमजुङको भोटेओडार बेलघारी खण्डको सडकको समस्या हल गर्न तथा सडक सुधार र स्तरोन्नति तत्काल गर्न पनि आग्रह गर्नुभयाे।

सो सडक खण्डको निर्माण समयमा नहुँदा दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका जाने यातायात प्रभावित हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रतिनिधिसभा सदस्य माझीले गम्भीरतापूर्वक लिएको र तत्काल काम अगाडि बढाउने प्रतिक्रिया दिनुभयाे ।