• २६ वैशाख २०८१, बुधबार

नेप्से परिसूचक १४.४८ अङ्कले गिरावट

blog

काठमाडौं, मङ्सिर २९ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

गत मङ्गलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अङ्कले घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.१५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अङ्क घटेको छ ।

आज कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख १६ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, माउण्टेन इनर्जीको शेयर मूल्य साढे ७ प्रतिशत बढेको छ । तर, यता पिपुल्स हाइड्रोपावरको शेयर मूल्य यस दिन नकारात्मक सर्किट लेभलमा करोबार भएको छ । आज नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपियाँ बराबरको संस्थापक शेयरको कारोबार भएको छ ।