• १९ असार २०८१, बुधबार

ब्राजिलको सानदार सुरुवात

blog

सर्वियाविरुद्ध सट प्रहार गर्दै ब्राजिलका रिचार्लीसन । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ९ गते । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सानदार सुरुवात गरेको छ ।

लुसेल रंगशालमा बिहीबार राति भएको समूह ‘जी’ को खेलमा ब्राजिलले सर्वियालाई २-० गोलले हरायो । ब्राजिलको जितमा रिचार्लीसन नायक बन्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा रिचार्लिसनले ६२औं र ७३औं मिनेटमा दुई गोल गर्नुभयो । 

पहिलो हाफमा पनि ब्राजिलले लगातार गोलको अवसर बनाएको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको सर्वियाको अन्तिमसम्म गोल फर्काउने योजना सफल भएन ।

जितसँगै ब्राजिलले तीन अंक बनाएको छ । यस समूहमा स्वीट्जरल्यान्डको पनि तीन अंक छ । बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १-० गोलले पराजित गरेको थियो । एजेन्सी