• २१ असार २०८१, शुक्रबार

नुनको मूल्य ३ रुपियाँले बढ्यो

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १८ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा बृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको आज (मंगलबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ रुपियाँ कायम गर्ने भनिएको छ । न्यू शक्ति नुन एक किलोको १७ बाट बढाएर २० रुपियाँ कायम हुनेछ । सोहीअनुसार भानू नुनको एक किलोको मूल्य नौ रुपियाँ कायम गर्ने भनिएको छ ।