• १५ वैशाख २०८१, शनिबार

राजधानी पटक–पटक तोकिँदैन – नेता पोखरेल

blog

मतदाता भेटघाटका क्रममा सम्बोधन गर्दै उम्मेदवार पोखरेल ।

गोरखापत्र अनलाइन

घोराही, कात्तिक २७ गते । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले प्रदेशको राजधानी पटक–पटक तोक्न नमिल्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशका मन्त्रालयहरु स्थायी राजधानीमा आउन नसकिरहेको अवस्थामा उम्मेदवार पोखरेलले यस्तो बताउनुभएको हो । 

उहाँले प्रदेशको राजधानी कहाँ रहने भनेर प्रदेशसभाले टुङ्गो लगाइसकेकाले अहिले व्यक्तिले के बोल्छ, त्यसको अर्थ नहुने बताउनुभयो ।

‘संविधानले प्रदेशको राजधानी एकपटक तोक्ने व्यवस्था गरेको छ । त्यो अनरूप लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा तोक्ने काम प्रदेशसभाले गरिसकेको छ’, घोराही उपमहानगरपालिका १३ मा मतदातासँगको भेटघाट कार्यक्रममा एमाले महासचिवसमेत रहनुभएका पोखरेलले भन्नुभयो, ‘प्रदेशसभाले तोकेको राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ 

उहाँले राजधानी कार्यान्वयनको लागि आफू मुख्यमन्त्री भएको बेला योजनाहरू अघि सारेकाले स्थायी राजधानीमा धेरै काम भइसकेको समेत बताउनुभएको थियो ।

‘हामीले राजधानी कार्यान्वयनको लागि योजना ल्याएका थियौँ’, उम्मेदवार पोखरेलले भन्नुभयो, ‘तर अहिलेको सरकारले त्यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन ।’ 

उहाँले राजधानीको विषय कुनै मजाकको विषय नभएको बताउनुभएको थियो ।