विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

लहान, साउन २६ गते  । विषालु च्याउ खाँदा सिरहा गोलबजार नगरपालिकास्थित टुर्कियामा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन् । स्थानीय सुरेन्द्र ठाकुरको घरमा बुधबार राति च्याउको तरकारी खाँदा उहाँका बहिनी ३५ वर्षीया शिवुकुमारी ठाकुर र २८ वर्षीया रुना ठाकुर, भाइबुहारी २२ वर्षीया सरस्वती ठाकुर तथा भान्जा आठ वर्षीय नितेश ठाकुर र दुई वर्षीया जेसिका ठाकुर सिकिस्त बिरामी परेका हुन् । सिकिस्त भएका पाँचैजनाको लहानस्थित हस्तीका पोलिक्लिनिक एण्ड डाइगनोसटिक सेन्टरमा उपचार भइरहेको उनका परिवारले जनाएको छ । राति घरमा च्याउको तरकारी पकाएर खाएको केहिबेरपछि सबैलाई वाकवाकी लागी बान्ता भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको भएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds