• १४ वैशाख २०८१, शुक्रबार

सिन्धुली निर्वाचन क्षेत्र नं. १ मा १२ र २ मा नौ उम्मेदवारबीच प्रतिस्पर्धा

blog

सिन्धुली बसपार्क । फाइल तस्बिर

काठमाडौं, कात्तिक २० गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुली जिल्लामा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको सिन्धुली निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

सिल्धुली क्षेत्र नं.१
यस क्षेत्रमा एक लाख सात हजार १३६ मतदाता छन् । जसमा ५५ हजार २६७ पुरुष र ५१ हजार ८६९ महिला छन् । त्यस्तै, ७७ मतदान स्थल र १३७ मतदान केन्द्र छन् । नौ राजनीतिक दल र तीन स्वतन्त्र गरी १२ उम्मेदवारबीत चुनावी प्रतिस्पर्धामा छन् । जसमा ११ पुरुष र एक जना महिला छन् । उम्मेदवारको समावेशीतर्फ खस आर्य ५० प्रतिशत, दलित ८.३३ र आदिवासी जनजाति ४१.६७ प्रतिशत छन् ।


सिन्धुली क्षेत्र नं.२
एक लाख एक हजार २३३ उम्मेदवार रहेको यस क्षेत्रमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, ७४ मतदान स्थल र १३० मतदान केन्द्र छन् । आठ राजनीतिक दल र एक स्वतन्त्र गरी नौ उम्मेदवार छन् । जसमा आठ पुरुष र एक महिला उम्मेदवार छन् । उम्मेदवारको समावेशी विवरणतर्फ खस आर्य ३३.३३ प्रतिशत, दलित २२.२२ प्रतिशत र आदिवासी जनजाति ४४.४४ प्रतिशत छन् ।


इन्फोग्राफ : निर्वाचन आयोग नेपाल