• १४ वैशाख २०८१, शुक्रबार

डा. तोसिमा कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

blog

काठमाडौं, कात्तिक १५ गते । उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्कीले दिएको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

निर्वाचन आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि उक्त निर्णयविरुद्ध सोमबार उहाँले सर्वोच्चमा रिट दिनुभएको थियो ।

आज न्यायाधीश कुमार चुडालको एकल इजलासमा डा. कार्कीको रिटमा सुनुवाइ हुने भएको हो ।