• १४ वैशाख २०८१, शुक्रबार

कलाकारलाई चुनावको चटारो

blog

काठमाडौँ, असोज २५ गते । कमेडियनदेखि निर्माता, नायक, गायकहरूले प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी दर्ता गराएका छन्। 

कमेडी च्याम्पियन हिमेश पन्त र गायक सञ्जय श्रेष्ठले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ। पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो। राप्रपा छाडेको घोषणा गरेका गायक श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिनुभयो।

चलचित्र निर्माता तथा अभिनेता रोज राणाले प्युठान–१ ‘ख’बाट प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ। उम्मेदवारी दर्ता गर्ने दिन अभिनेत्री रेखा थापा, निर्देशक मनोज पण्डित, कलाकार सिते बा र करण श्रेष्ठ क्रेजीले पनि उम्मेदवारी दिनुभएको छ। 

रेखा थापाले केन्द्रीय सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।