• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

blog

काठमाडौँ, असोज २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको शङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।” स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो ।