• १४ वैशाख २०८१, शुक्रबार

एसिडपीडितको निःशुल्क उपचार

blog

काठमाडौँ, साउन १५ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एसिड आक्रमणमा परेका व्यक्तिको उपचार उपत्यकाका चार अस्पतालबाट निःशुल्क उपलब्ध गराउने भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले आकस्मिक उपचारपछि थप उपचारका लागि उपत्यकाका चार अस्पतालबाट एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार व्यवस्था गरिएको बताउनुभयो। एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधिअनुसार एसिड आक्रमणमा परेका व्यक्तिको उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ। 

मन्त्रालयका सहप्रवक्ता अधिकारीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, महाबौद्धस्थित वीर अस्पताल, ललितपुरस्थित पाटन अस्पताल र कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार हुने जानकारी दिनुभयो।