• १४ वैशाख २०८१, शुक्रबार

नेपाल भाषा शिक्षण तालिम सम्पन्न

blog

काठमाडौं, असार ४ गते।  काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको ‘नेपाल भाषा शिक्षण तालिम’ सम्पन्न भएको छ। 

समापन समारोहमा बोल्नुहुँदै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले नेपाल भाषा पाठ्यक्रम सबै उमेर समूहका विद्यार्थीका लागि सहज रूपमा सिक्न सक्नेगरी बनाउनुपर्नेमा जोड दिनुभयो। 

उपप्रमुख डंगोलले सरकारी तथा निजी विद्यालय पाठ्यक्रममा नेपाल भाषा समावेश गरेकाले यसको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। 

काठमाडौंको स्थानीय भाषा, नेपाल भाषाका शिक्षकलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवहारिक शिक्षा कार्यान्वयन गरेर पाठ्यक्रमलाई विद्यार्थीले बुझ्ने, रोचक र सहज बनाउनुपर्नेमा जोड दिनुभएको हो। 

शिक्षकका रुपमा नयाँ अध्यायको सुरुवात भएको बताउँदै उहाँले सबै प्रशिक्षार्थीलाई विद्यार्थीको मनपर्ने शिक्षक बन्न शुभकामनासमेत दिनुभयो। एक सातासम्म चलेको शिक्षण तालिम शनिबार सम्पन्न भएको हो।

कार्यक्रममा कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन, कामपाका शिक्षा अधिकृत मोतीराज खनाल, प्रशिक्षक सुरेश किरण मानन्धरलगायतको उपस्थिति थियो।