• १३ साउन २०८१, आइतबार

‘नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वास मत दिन्छ’ : रन्जिता

blog

काठमाडौँ, फागुन ३० गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य रन्जिता श्रेष्ठ चौधरीले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नागरिक उन्मुक्ति पार्टीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छ ।”

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीमा आन्तरिक विवाद छ कि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “केही पनि विवाद छैन । हामीले संसदीय दलको बैठक राखेर सबै माननीय सांसदलाई मत दिने भनेर निर्णय गरिसकेका छौँ ।”