शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १३ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ को मिर्सा भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु भएको छ । अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोस शनिबार साँझ भीरबाट खसेकी थिइन् ।
सशस्त्र प्रहरी बलको टोलीले आइतबार बिहान उनलाई भीरबाट निकालेको थियो । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका चिकित्सकले उनलाई बिहान साढे १० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिनुभयो ।
जोसको शव प्रतिष्ठानको गण्डकी क्षेत्रीय अस्पतालमै राखिएको छ । जोससँगै घुम्न गएका एक अमेरिकी नागरिक पनि अहिले गण्डकी अस्पतालमै रहेको र उनीसँग सोधपुक्ष भइरहेको प्रहरीले जनाएको छ ।