• १३ साउन २०८१, आइतबार

इस्टर्न ओपन गल्फ बुधबारदेखि

blog

गल्फ प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ ८ गते । सूर्य नेपाल इस्टर्न ओपन गल्फ बुधबारदेखि धरान गल्फ क्लबमा हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ सङ्घको आयोजनामा तीन दिन सञ्चालन हुने प्रतियोगितामा ३० प्रो र १० एमेच्योर खेलाडीको सहभागिता रहनेछ । 

कूल आठ लाख ४० हजार रुपियाँ पुरस्कार राशि रहेको तीन दिने प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९६ हजार र तेस्रो हुनेले ७२ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै शीर्ष २१औँ स्थानमा रहने प्रोलाई नगद पुरस्कार राखिएको सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । 

यसपटक एमेच्योर खेलाडीले पनि फाइनल चरणमा वुग्न प्रोसँगै कट बनाउनु पर्नेछ । उपाधिको दावोदार सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको र सद्भाव आचार्यपनि बङ्गलादेश एमेच्योर ओपन खेल्न जान लागेकाले सहभागी नहुने आयोजकले जनाएको छ ।

सुवास केही समयमै एमेच्योरबाट प्रो बन्ने तरखरका हुनुहुन्छ । यस प्रतियोगिताको उपाधि दाबेदारको रूपमा स्थानीय गल्फर शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, निरज तामाङ, सन्जय लामा र धन थापालाई लिइएको छ । 

धरानको गल्फ कोर्स टप रहेकोले उपाधि भिडन्त प्रतिस्पर्धात्मक हुने सङ्घका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताउनुभयो । ‘‘सूर्य नेपाल टुरका कारण नेपालमा युवा खेलाडी गल्फमा आएका छन् र बिस्तारै प्रदर्शनमा सुधार भएको छ । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेल खेलिरहेका छन्,’’ श्रेष्ठले भन्नुभयो ।