• २१ असार २०८१, शुक्रबार

चौँरीपालन व्यावसायिक बनाइँदै

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस २९ गते । चौँरीपालनलाई व्यावसायिक बनाउन प्रदेश सरकारले किसानलाई सघाउने भएको छ । चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चौँरीपालन व्यवसायमा आकर्षित गर्ने कार्यक्रम सुरु गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षदेखि हिमाली जिल्ला डोल्पा, मुगु र हुम्ला जिल्लामा सो कार्यव्रmम सुरु गरेको छ । १० वटाभन्दा बढी चौँरी पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । हिमाली क्षेत्रका बासिन्दाको जीविकाको प्रमुख माध्यमका रूपमा रहेको चौँरीको सङ्ख्या बढाउन प्रदेश सरकारले चौँरी प्रोत्साहन कार्यक्रम सुरु गरेको हो । 

चौँरीको सङ्ख्या घट्दै गएर हिमाली क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत गुम्न थालेपछि यस क्षेत्रका बासिन्दाको पेसा परिवर्तन र बसाइँसराइ रोक्न मन्त्रालयले यस्तो कार्यव्रmम सुरु गरेको हो । मन्त्रालयले पहिलो चरणमा तीन जिल्लामा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कार्यक्रम सुरु गरेको छ । 

हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको मुख्य पेसाका रूपमा रहेको चौँरी व्यवसाय प्रत्येक वर्ष घट्दो व्रmममा छ । स्थानीयको पुख्र्यौली यो पेसा र व्यवसायमा युवा पुस्तालाई आकर्षित गरी आत्मनिर्भर बनाउन घाँस र औषधीमुलोसहित चौँरी उत्पादनको प्याकेज कार्यव्रmम सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार १० भन्दा बढी चौँरी पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले अनुदान दिइने छ । औषधी र घाँसको अभाव पूर्तिका लागि मन्त्रालयले मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार प्रतिकृषकलाई उपलब्ध गराइने छ । त्यसका लागि १० वटाभन्दा बढी चौँरीपालक किसानलाई छनोट गरिने छ ।

यो वर्ष मन्त्रालयले हुम्लामा भेडा र चौँरी प्रोत्साहन कार्यक्रमका लागि २० लाख तथा मुगुमा ३७ लाख बजेट जिल्ला पशु सेवा कार्यालयमा पठाएको छ । यसै गरी डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकालाई भने मन्त्रालयले छुट्टै चौँरी ब्लक क्षेत्रका रूपमा अघि बढाएको छ । ब्लक निर्माणका लागि ३० लाख रुपियाँ विनियोजन गरिएको छ । सो क्षेत्रमा व्यावसायिक चौँरी उत्पादन गरी सङ्ख्या बढाउन मन्त्रालयले ब्लक कार्यव्रmम सुरु गरेको हो ।

मुगुमा १० जना चौँरीपालक किसानले प्रोत्साहन अनुदानका लागि प्रस्ताव पेस गरेको पशु सेवा कार्यालय मुगुले जनाएको छ । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका चौँरीपालनका लागि उपयुक्त स्थान रहेको छ । मुगुमा १४ वटा चांँरीका फर्म दर्ता भएको कार्यालयका सूचना अधिकारी पदम केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रस्ताव पेस गरेका कृषकको फिल्ड अनुगमन प्रतिवेदन तयार गर्नका लागि प्राविधिक टोली परिचालन गरिएको छ । पछिल्लो समय सामुदायिक वन र किपटको रूपमा ठुलाबडाले खर्क आफ्नो नाममा रोक्ने गरेकाले चौँरीपालनमा खर्कको प्रमुख समस्या देखिएको छ । पशु सेवा केन्द्र र पशु प्राविधिकको पहुँच यस क्षेत्रका किसानसम्म नभएकाले चौँरी बिरामी पर्दा जङ्गली जडीबुटीबाटै उपचार गरिँदै आएको मुगुका कृषक जनक केसीले बताउनुभयो । 

पशु सेवा कार्यालय हुम्लाले पनि चौँरीपालक कृषकको तथ्याङ्क सङ्कलन गरिरहेको छ । हुम्लाको सिमकोट र नाम्खा गाउँपालिका चौँरीपालनका लागि उपयुक्त क्षेत्र रहेको कार्यालयले जनाएको छ । अहिले कृषकको तथ्याङ्क सङ्कलन भइरहेको कार्यालय प्रमुख कृष्ण रोकायाले जानकारी दिनुभयो । १० वटाभन्दा बढी चौँरी पाल्ने कृषकलाई आवेदन दिन सूचना प्रकाशित गरिएको उहाँको भनाइ छ । 

उहाँका अनुसार सिमकोट गाउँपालिका– १, ३, ४ र नाम्खाको वडा नं. १, २, ३ र ४ वडा चौँरीपालनका लागि उपयुक्त मानिएको छ । हिमाली क्षेत्रका बासिन्दाले दुध, छुर्पी, मासु, छाला र सामान ढुवानी गराउने प्रयोजनका लागि चौँरीपालन गर्दै आएका छन् । यसबाटै उनीहरूले जीविकोपार्जन गर्दै आएका छन् ।