• १९ असार २०८१, बुधबार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

blog

फाइल तस्बिर

हरि कोइराला 

उर्लाबारी, पुस २७ गते । ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका-६ स्थित केरेन्जामा उत्तरबाट दक्षिणतर्फ जाँदै  गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । 

मृत्युु हुनेमा सञ्जय ऋषिदेवका ११ वर्षीय छोरा समीर ऋषिदेव छन् । उखु लोड गरेर रङ्गेलीतर्फ जाँदै गरेको ट्याक्टर र ट्याक्टरका चालक सुनवर्षी-६ का ३७ वर्षीय तल्लु सोरेनलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ ।