• १९ असार २०८१, बुधबार

शारदा माविको ६७ औं वार्षिकाेत्सव

blog

शारदा माविको ६७ औं वार्षिकाेत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरु तथा सरोकारवालाहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, पुस २७ गते ।
सुनसरीको इनरुवा नगरपालिका–५ को श्री शारदा माध्यमिक विद्यालयले आफ्नो ६७ औं स्थापना दिवस, वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम र प्रतिभा प्रस्फुटनसहितको कार्यक्रम गरी दिवस मनाइएको हो कार्यक्रममा प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शिक्षाको विकासमा नगरपालिका लागि परेको र त्यसमा शारदा माविले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । उक्त कार्यक्रममा विद्यालयबाट सञ्चालन गरिएका परीक्षा तथा अतिरिक्त कार्यक्रम उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रमका अतिथिहरूले वार्षिक उत्सवको अवसरमा विद्यालयलाई बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विद्यालय अभिभावक सङ्घका रिभा कर्ण, इनरुवा उपप्रमुख विनीता मेहता, प्रधानाध्यापक तीर्थ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र विद्यालयका शिक्षकहरुको उपस्थिति थियो । उक्त अभिभावक दिवस कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले गर्नुभएको विद्यालयका कर्मचारी डिसी चौधरीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा करिब १५ सय जनाको उपस्थिति थियो ।