• १९ असार २०८१, बुधबार

मन्दिरमा तोडफोड र आगजनी

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस २७ गते । भीरकोट नगरपालिका —९ मा रहेको नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समूहले आगजनी तथा तोडफोड गरेका छन् । भीरकोट नगरपालिकाको उच्च भूभागमा रहेको धार्मिक स्थलको रूपमा यो मन्दिरलाई चिनिन्छ । 

वडा अध्यक्ष भीम गुरुङले मन्दिरको मूर्ति, हतियार, घण्टीलगायतका सामग्रीमा तोडफोड भएको र जलेको बताउनुभयो । दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए । 

जनप्रतिनिधिको र स्थानीयको रोहवरमा प्रहरीले मुचुल्का उठाएको छ । घटनाको प्रकृति हेर्दा त्रिशूल र घन प्रयोग गरेर मन्दिर तोडफोड भएको देखिन्छ । मट्टितेलको प्रयोग गरेर आगजनी भएको गुरुङले बताउनुभयो । 

 घटनामा भएको क्षति र विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।