• १४ असार २०८१, शुक्रबार

घाँस काट्न गएकी महिला मृत फेला

blog

सांकेतिक तस्बिर

होमराज रानाभाट

नवलपरासी, पुुस २१ गते । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा घाँस काट्न गएकी एक महिलाको शव भेटिएको छ । 

शुुक्रबार बिहान घाँस काट्न निस्केकी बौदीकाली गाउँपालिका २ डेढगाउँकी ५८ वर्षीय निर्मला श्रेष्ठ घाँस काटेर घर नफर्केपछि खोजी गर्दा शनिबार बिहान शव भेटिएको हो । 

गाउँपालिकाको वडा नम्बर १ को मिथुुकरम सामुुदायिक वनमा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । घटनाको थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।