• ९ असार २०८१, आइतबार

साबिक विजेता दिनेश सेमिफाइनलमा

blog

सट प्रहार गर्दै दिनेश प्रजापति ।

काठमाडौँ, पुस १२ गते । साबिक विजेता दिनेश प्रजापति सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको क्वार्टरफाइनल खेलमा दिनेशले रवि खड्कालाई १/० ले हराउनुभयो ।

सेमिफाइनलमा दिनेशले रामे मगरसँग प्रतिस्पर्धा गर्नुहुनेछ । रामेले क्वार्टरफाइनलमा प्रदीपकुमार लामालाई २/१ ले पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनुभएको हो । यस्तै भुवनकुमार रोका र जयराम श्रेष्ठले पनि अन्तिम चारमा स्थान पक्का बनाउनुभएको छ ।

क्वार्टरफाइनलमा भुवनकुमारले भुवन नगरकोटीलाई ४/३ र जयरामले सञ्जय लामालाई २/१ ले हराउनुभयो । फाइनल खेल ३६ होलको हुनेछ । कुल दुई लाख ५० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो हुनेले २४ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।